
प्रावि तहका लागि १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन खुल्दै

शिक्षक सेवा आयोगले प्राथमिक विद्यालय तहका लागि १३ हजार ९३ स्थायी शिक्षकको विज्ञापन प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । माध्यमिक तहका लागि १५ सय ४७ र निमावि तहका लागि २५ सय ९८ शिक्षक माग गरेको आयोगले प्राथमिक तहका लागि ठूलो संख्यामा शिक्षक माग्न लागेको हो ।
प्राथमिक तहका लागि आवश्यक शिक्षकको विज्ञापन प्रकाशन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमति पर्खेर बसेको आयोगका उप सचिव एवं सूचना अधिकारी सुरेश मरहठ्ठाले रातोपाटीलाई जानकारी दिए । एक दुईदिन भित्रै प्रावि शिक्षकका विज्ञापन प्रकाशन हुने उनले बताए ।
विद्यालयमा हाल रिक्त रहेको स्थान र आगामी चैत मसान्तसम्म विद्यालयमा रिक्त हुने स्थानमा खुला प्रतियोगिताबाट पदपूर्ति हुनेगरी प्रावि स्थायी शिक्षकका लागि विज्ञापन खुल्न लागेको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ