एनएमबि बैंकले सिफेमबाट १ करोड २० लाख अमेरिकी डलर ऋण सहायता लिँदै

एनएमबि बैंक लिमिटेडले पहिलो पटक स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिफेम र स्वीस सरकार विकास सहयोग एस.डि.सि बीचको सहकार्यमा बैंकले उक्त रकम नेपाल भित्र्याउन लागेको हो ।
गत सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र स्वीस सरकार विकास सहयोग एस.डि.सिको प्रतिनिधि स्वीस राजदूत राजदुत एलिजावेथ भोन क्यापेलरबीच ऋण सम्झौतापत्रमा हस्ताक्षेर भएको छ ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै बैंकले नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरि सिफेम र एस डि सी बीचको सहकार्यमा भएको यो लगानी नेपालसंग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा बन्ने बताएको छ ।
सिफेमबाट प्राप्त यस कर्जाको लागि एस डि सी ले सिफेमलाई जोखिम बाँडफाको आधारमा सुविधा प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई अझ विविधिकरण गर्न सहयोग पुग्ने बैंकले बताएको छ ।
विशेषतः अहिलेको चरम तरलता संकटकाबीच सिफेमबाट प्राप्त ऋण बहुउपयोगि हुने र प्राप्त कर्जा रकम लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।
यसका साथै, वित्तिय पहँुच अभिबृद्धि गर्न, वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन समेत बैंकले विशेष भूमिका खेल्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध