बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

७० वर्षको अथक प्रयासपछि ८८ वर्षको उमेरमा नातिनीसँगै ग्रेजुुयट

बुधबार, १४ पुस २०७८, १० : १८
बुधबार, १४ पुस २०७८

अमेरिकाको टेक्सास प्रान्तमा बस्ने एक पुरुषले ७० वर्षको अथक मिहिनेतपछि स्नातक तह (ग्रेजुयट) उपाधि प्राप्त गरेका छन् । उनीसँगै उनको नातिनी पनि ग्रेजुयट भएका छन् । पाको उमेरमा पढाइ गरेका कारण यी वृद्ध संसारभरीका सञ्चार माध्यममा शीर्षक बन्द सफल भएका छन् ।

उनको नाम रेने नेइरा हो, जो पछिल्लो ७० वर्षदेखि कलेजको डिग्रीका लागि प्रयासरत थिए । अन्ततः उनको मिहिनेतले सफलता प्राप्त गरेरै छोड्यो । उनी ८८ वर्षको उमेरमा ग्रेजुयट भएका हुन् । अर्को रोचक कुरा के छ भने उनीसँगै उनकी २३ वर्षीया नातिनीले पनि हजुरबुवा सँगै स्तानक तह पार गरेकी छिन् । 

हजुरबुवा र नातिनीको यो जोडीले एकैसाथ कलेजबाट डिग्री लिएपछि उनीहरुको खुसीको सीमा नै छैन । रेने अमेरिकाको टेक्सास प्रान्तको सान एन्टोनियामा बस्दै आएका छन् । पहिलो पटक उनी १९५० को दशकमा कलेज भर्ना भएका थिए । तर  सधैभरी उनको सपना भनेको आफ्नो शिक्षा पुरा गर्नु थियो ।

युनिभर्सिटी क्याम्पसमा रेने व्यापक लोकप्रिय

नातिनी मेलानिए सालजारले जब स्कूलको पढाइ पुरा गरिन् र कलेज डिग्रीका लागि प्रयास सुरु गरिन्, हजुरबुवा पनि नातिनीसँगै कलेज जानका लागि प्रेरित भए । उनले ४ वर्षका लागि युनिभर्सिटी अफ टेक्सासमा भर्ना लिए । युनिभर्सिटी क्याम्पसमा रेने व्यापक लोकप्रिय भए । उनी अन्य विद्यार्थीका लागि प्रेरणा र उत्साहको स्रोत बने । गत ११ डिसेम्बरमा दुबै ग्रेजुयट भए ।

मेलानियले जहाँ कम्युनिकेशको क्षेत्रमा ग्रेजुएसनको डिग्री हासिल गरिन् । सोही समयमा उनका हजुरबुवा रेनेले अर्थशास्त्रमा डिग्री पाए । यी दुई जब मञ्चमा आ–आफ्नो डिग्री लिन पुगे तब मेलानिए भावुक बनिन् ।

उनले भनिन्, ‘सबैजना शान्त थिए । मैले कुनै तालीको गडगडाहट वा प्रशंसा सुनिन । तर मलाई भनियो कि पुरै रंगशाला खुसी छ । मेरा हजुरबुवाले १९५० को दशकदेखिनै आफ्नो स्नातक डिग्रीका लागि प्रयास गर्दै आउनु भएको थियो र यो उहाँको जीवनको सपना र लक्ष्य थियो ।’

विवाहपछि पढाइलाई निरन्तरता दिन सकेनन्

नातिनी मेलानिएले भनिन्, ‘सन् १९५० को दशकमा मेरा हजुरबा र हजुरआमा माया गरेर बस्न थाले र विवाह गरे । यसपछि परिवार सुरु भयो र यसैकारण पढाइले निरन्तरता पाउन छोड्यो । यत्तिका वर्षमा रेनेले यताउता कक्षा लिएका थिए तर उनका लागि श्रीमानको जिम्मेवारी निभाउँदै पढाईमा ध्यान केन्द्रीत गर्नु मुश्किल थियो । उनका पाँच सन्तान छन् र स्थानीय बैंकमा काम गरिरहेका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप