किन गए राजेश हमाल मुम्बई ?

अभिनेता राजेश हमाल यतिबेला मुम्बई पुगेका छन् । हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी सोमबार मुम्बई पुगेका हुन् । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रम मंगलबार रहेको थियो ।
‘चेहेरा’ भारतीय निर्माता राजेश चौधरीले निर्माण गरेको हिन्दी गीत हो । गीतमा नेपालको समेत प्रशंसा गरिएको छ । निर्माता चौधरीले मिडियासँग कुराकानी गर्दै राजेश हमाल छिट्टै एउटा हिन्दी गीतमा पनि देखिने बताए । निर्माता चौधरीको हमाललाई लिएर एक फिल्म बनाउने योजना पनि छ । जसको तयारी समेत उनले गरिरहेको बताइन्छ । फिल्म भन्दा अगाडि भने हमाल हिन्दी गीतमा देखिन्छन् ।
सो अवसरमा भारतीय मिडियाले समेत राजेशसँग कुराकानी गरेको छ । कुराकानीको क्रममा राजेशले मुम्बई शहरले आफुलाई बेग्लै उर्जा दिने बताए । ‘यस अगाडि पनि धेरै पटक मुम्बई आएको छु’ हमालले भने ‘यसपटक राजेश चौधरीको विशेष अनुरोधमा आएको हो ।’ सो अवसरमा हमालले भारतीय मिडियासँग हिन्दी फिल्मका कलाकारको विषयमा समेत गफ केही बोलेका छन् ।
पछिल्लो समय म्युजिक भिडियो धेरै र फिल्ममा कम देखिने गरेका हमाल नेपाली फिल्म ‘सत्यम्’ अभिनय तयारीमा छन् । फिल्म घोषणा भएको लामो समय भएपनि छायाङ्कन भने सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध
-
पटक पटक पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रीलाई दोस्रो पटक स्पष्टीकरण
-
धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखहरूसँग कृषिमन्त्रीले गरे छलफल
-
थप ४ घण्टाका लागि ६ सय मेगावाट विद्युत् दिन भारत तयार
-
वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर