बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालोपयोगी केही सामान्य ज्ञान

बुधबार, १४ पुस २०७८, ११ : ५२
बुधबार, १४ पुस २०७८

                            

१, वीपी राजमार्ग कुन देशको सहयोगमा बनेको हो ?

(क) जापान, (ख) चीन, (ग) भारत, (घ) अमेरिका

२, प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्छ ?

(क) झापा, (ख) पाँचथर, (ग) ताप्लेजुङ, (घ) इलाम

३, नेपालीमा दधिचि भन्नाले के बुझिन्छ ?

(क) लोभी, (ख) पापी, (ग) परोपकारी, (घ) दानी एवं त्यागी

४, यही वर्षको जुलाईमा सम्पन्न युरोकप फुटबल खेल कुन देशले जितेको थियो ?

(क) जर्मनी, (ख) बेलायत, (ग) इटाली, (घ) फ्रान्स

५, रामधुनी मन्दिर कुन जिल्लामा पर्छ ?

(क) तेह्रथुम, (ख) सुनसरी, (ग) सङ्खुवासभा, (घ) मोरङ

६, विश्वका सबैभन्दा सानो राष्ट्र कुन हो ?

(क) भ्याटिकन सिटी, (ख) भूटान, (ग) मालदिब्स, (घ) कतार

७, नेपालमा शाक्य थरकी कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन कसले चलाएका हुन् ?

(क) गुणकामदेव, (ख) प्रताप मल्ल, (ग) जयस्थिति मल्ल, (घ) यक्ष मल्ल

८, नेपाल पृथिवीको कुन गोलार्धमा पर्छ ?

(क) पश्चिमी गोलार्ध, (ख) पूर्वी गोलार्ध, (ग) उत्तरी गोलार्ध, (घ) दक्षिणी गोलार्ध

९, रेडियो नेपालले बालसमाचारलाई कहिलेदेखि स्थान दिन थालेको हो ?

(क) २०६२ साल वैशाख १ गतेदेखि, (ख) २०६३ साल वैशाख १ गतेदेखि, (ग) २०६४ साल वैशाख १ गतेदेखि, (घ) २०६५ साल वैशाख १ गतेदेखि

१०, वसन्ती उपन्यासका लेखक को हुन् ?

(क) जगदीश शम्शेर राणा, (ख) पुष्कर शम्शेर राणा, (ग) डायमन शम्शेर राणा, (घ) विनायक शम्शेर राणा

११, सर्वप्रथम अन्तरिक्षमा पुग्ने प्राणी कुन हो ?

(क) बिरालो, (ख) कुकुर, (ग) मुसा, (घ) व्वाँसो

१२, सबै जिल्लामा स्वास्थ्य बिमा लागू गर्ने प्रदेश कुन हो ?

(क) कर्णाली प्रदेश, (ख) सुदूर पश्चिम प्रदेश, (ग) लुम्बिनी प्रदेश, (घ) गण्डकी प्रदेश

१३, सर्वाधिक उचाइमा रहेको रेल मार्ग कुन देशमा पर्छ ?

(क) चीन, (ख) जापान, (ग) रुस, (घ) उत्तर कोरिया

१४, योगशास्त्रका प्रवर्तक को हुन् ?

(क) पतञ्जलि, (ख) वादरायण, (ग) वात्स्यायन, (घ) पाणिनि

१५, थामी सङ्ग्रहालय कुन जिल्लामा निर्माण गर्न लागिएको छ ?

(क) रामेछाप, (ख) सिन्धुली, (ग) ओखलढुङ्गा, (घ) दोलखा

उत्तरहरू :–  १–(क), २– (ख), ३– (घ), ४–(ग), ५–(ख), ६–(क), ७–(क), ८–(ग), ९–(ग), १०–(ग), ११–

(ख), १२–(ख), १३–(क), १४–(क), १५–(घ)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप