शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सफोर्ड युनिभर्सिटीका २० प्रतिशत विद्यार्थीले ‘स्टडी ड्रग्स’ खाएर परीक्षा दिएको खुलासा

बुधबार, १४ पुस २०७८, १५ : २०
बुधबार, १४ पुस २०७८

बेलायतको प्रतिष्ठित यूनिभर्सिटीमा राम्रो नम्बरको दबाब रहने गरेको छ । अक्सफोर्ड, एडिनबर्ग, नटिङ्घम र लन्डन स्कूल अफ इकोनोमिक्समा विद्यार्थी आजकल स्टडी ड्रग्स खाएर परीक्षा दिइरहेका खुलासा भएको छ । स्टडी ड्रग्स निद्रा भगाउने एउटा औषधी हो । यो खाएर विद्यार्थी घन्टौँसम्म पढ्ने गर्छन् । यो औषधी खाएपछि उनीहरु आपूmलाई ताजा महसुस गर्छन् । तर यी औषधीको घातक दुष्परिणाम हुने गर्छ ।

स्टडी ड्रग्स नामक यी प्रतिबन्धित औषधीको बिक्रीमा पनि कुनै रोकतोक छैन । बेलायतका विद्यार्थी माझ लोकप्रिय एक ब्रान्डको अध्ययनमा यो ड्रग कुनै पनि औषधी पसलमा सजिलैसँग ३४० रुपैयाँमा पाइएको भेटियो । यी औषधी लामो समयसम्म खानाले साइड इफेक्ट देखिने बताइएको छ बेलायती विश्वविद्यालयमा  भएको सर्वेक्षणमा लगभग २० प्रतिशत विद्यार्थीले यी स्टडी ड्रग्स खाएर परीक्षा दिने गरेको खुलासा भएको छ । 

केही विद्यार्थीहरुले आफू बिरामी भएको बताएर डाक्टरबाट यो स्टडी ड्रग्स सिफारिस गर्न लगाउँछन् र यो किनेर अरु विद्यार्थीलाई दिन्छन् । अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक एन्डर्स स्यान्डबर्गका अनुसार विद्यार्थीले यी स्टडी ड्रग्सलाई अनलाईन स्टोरबाट ठूलो परिमाणमा मगाउँछन् ।

बेलायत सहित यूरोपको अन्य देशमा औषधीको अनलाईन अर्डरमा डाक्टरको सिफारिस मागिँदैन । क्याम्ब्रिज यूनिभर्सिटीकी प्राध्यापक बारबराका अनुसार लाइब्रेरीमा पनि विद्यार्थी यी औषधी साटासाट गर्ने गर्छन् । यो अत्यन्त खतरनाक स्थिति हो ।

यस्तो परीक्षा अनुचित

बेलायतमा कुलपतिको संगठन युनिभर्सिटीज यूकेका अनुसार स्टडी ड्रग्स खाएर परीक्षा दिनुलाई अनुचित साधनको उपयोग मानिन्छ । आगामी वर्ष युनिभर्सिटी क्याम्पसमा स्टडी ड्रग्सको प्रयोगमा रोकका लागि विस्तृत निर्देशिका लागू गरिने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप