बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तमु ल्होछारमा गण्डकीमा सार्वजनिक बिदा

बुधबार, १४ पुस २०७८, १७ : २२
बुधबार, १४ पुस २०७८

गण्डकी प्रदेश सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा गण्डकी प्रदेशमा सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

प्रदेश सरकारले बर्षमा राष्ट्रिय बाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होछार जस्तै माघे संक्रान्ति, इद लगायतमा स्थानीय बिदा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप