शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १४ पुस २०७८, १७ : ३१
बुधबार, १४ पुस २०७८

गण्डकी प्रदेशमा थप  १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा ८७ जनामा गरिएको नमूना परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ११ महिला र ५ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की १३, लमजुङ २ र गोरखा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार ४०६ पुगेको छ । 

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२६ पुगेको छ । प्रदेशमा पछिल्लो चौविस घण्टामा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ८६८ पुगेको छ भने होम आइसोलेसनमा १०१ जना रहेका छन् । 

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संङख्या ११२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप