शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हरेक दिन ४० वटा चुरोट पिउँथे २ वर्षका बच्चा, धुम्रपान छोडेपछि यस्तो भयो अवस्था

बिहीबार, १५ पुस २०७८, १० : २२
बिहीबार, १५ पुस २०७८

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो चेतावनी चुरोटको प्याकेटबाहिर पनि लेखिएको हुन्छ । भने विज्ञापनमा पनि लेखिएको हुन्छ । तर, पनि मानिसहरु स्वास्थ्यका लागि हानिकारक भएको थाहा हुँदाहुँदै पनि धुम्रपान गर्न छोड्दैनन् । धुम्रपानले शरीरलाई धेरै नोक्सान पुर्याउँछ । कोही–कोहीलाई धुम्रपानको यति धेरै लत लाग्छ कि उनीहरु एक दिनमा नै एक प्याकेट चुरोट पिउँछन् । यस्तै एउटा बालकलाई पनि धुम्रपान यति धेरै लत लाग्यो कि उनले दिनमा नै ४० वटा चुरोट पिउँथे । विश्वास गर्न नै कठिन हुन्छ कि उनको उमेर जम्मा २ वर्षको थियो । २ वर्षको उमेरमा नै चेन स्मोकर बनेका ति बालक थिए अर्दी रिजल । उनी इन्डोनेशियाको सुमात्रामा बस्ने गर्थे । उनी दिनमा एउटा वा दुईवटा होइन ४० वटासम्म चुरोट पिउँथे । 

सन् २०१० मा उनको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । अर्दीले चुरोट पिउने लत ७ वर्षसम्म रह्यो । त्यसपछि उनले चुरोट पिउन छोडिदिए । उनी चरोट पिउने समयमा निकै मोटो थिए । चुरोट पिउन छोडेपछि निकै दुब्लो पनि भए । 

अर्दीकी आमा डायनाका भन्छिन्, ‘मेरो छोरा १८ महिनाको हुँदा उनका पिताले मजाकमा नै चुरोट पिउन दिन्थे । त्यसपछि बच्चालाई धुम्रपानको लत नै लाग्यो ।’

सन् २०१० मा अर्दीको फोटो भाइरल भएपछि सरकारी निकायले उनको मद्दत गर्यो र उनले चुरोट छोडे । उनले धुम्रपानको लत छोडेपछि जंक फुड खाना थाले । त्यसकारण ५ वर्षको उमेरमा नै लगभग २२ केजी तौल बढाए । यसपछि पोषण विशेषज्ञको रेखदेखमा राखिएको र विस्तारै जंक फुड खाने आदत पनि छुटाइयो । त्यसपछि २०१७ मा पत्रकारले खिचेको फोटोमा अर्दी निकै स्लीम देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप