शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाडा महँगो हुँदा अष्ट्रेलियामा थोरै बच्चा जन्माउँछन्, आफ्नै घर हुनेहरुको परिवार बढाउने चाहना

बिहीबार, १५ पुस २०७८, १२ : ४५
बिहीबार, १५ पुस २०७८

विवाहपछिको नयाँ जीवन जिउनुका लागि राम्रो घर र जागिर होस् भन्ने प्रत्येकको चाहना हुन्छ  । घर भएन भने भने बच्चा बच्ची हुर्काउन साँघुरो र अप्ठेरो हुन्छ । त्यसैले त बच्चा बच्ची जन्माउनु अघि वा जन्माइसकेपछि घरको महत्व अलि बढी नै हुन्छ । तर घर जग्गाको मूल्य महँगो भएमा उनीहरुको यो चाहनामा तुसारापात हुन्छ  । त्यसैले जब सम्पत्ति बजारमा घर जग्गाको मूल्य बढ्छ, तब भाडामा बस्ने  मानिसहरु कम मात्रै बच्चा जन्माउन थाल्छन् । यो निष्कर्ष अस्ट्रेलियामा  भएको एक अध्ययनबाट देखा परेको हो । शोधकर्ताले पहिलो पटक अस्ट्रेलियाका मानिसको बच्चा पैदा गर्ने सम्भावनाको तुलना घरको मूल्यसँग गरेका छन् । जोसँग घर छैन, उनीहरुको बच्चा जन्माउने सम्भावना कम भएको अध्ययनबाट पत्ता लागेको हो । सिड्नी युनिभर्सिटीका शोधकर्ताको यो अध्ययन ‘जर्नल अफ हाउजिङ इकोनोमिक्स’मा प्रकाशित भएको हो ।

शोधको नेतृत्वकर्ता असोसिएट  प्राध्यापक स्टीफेन विलनले सन् २००१ देखि २०१७ सम्मको आँकडाको आधारमा यो निष्कर्ष निकालेका हुन् । अस्ट्रेलियामा गत २ वर्षमा घर जग्गाको मूल्य राष्ट्रिय स्तरमा २० प्रतिशतले बढिसकेको छ । यो महँगीको सीधा असर उनीहरुको परिवार बढाउने वा नबढाउने सम्भावनामा परेको छ ।

‘घरको मूल्य र खरिदका असरलाई लिएर हुदै आएको बहसमा नीति कस्तो छ भन्ने विषयलाई प्राथमिकता दिइएको छ । तर घरको मूल्यले मानिसको बच्चा जन्माउने निर्णयलाई असर गर्छ कि गर्दैन भन्नेबारे कुराकानी नै हुँदैन,’ प्राध्यापकले बताए ।

भाडा बढ्दा मानिस कम बच्चा जन्माउँछन्:

यदि कसैको घरको मूल्य १ लाख अस्ट्रेलियन डलर बढ्छ भने बच्चा पैदा गर्ने सम्भावनामा पनि १८ प्रतिशतले वृद्धि हुन जान्छ । यस्तै, भाडा बढ्दा मानिसहरु कम बच्चा जन्माउँछन् । यसको विपरित जोसँग घर छ, उनीहरुको परिवार बढाउने सम्भावना भाढामा बस्नेहरुभन्दा धेरै हुन्छ ।​

भाडा महँगो भयो भने पालन पोषणमा कठिनाई, बच्चाको चाहना कम

भाडा महँगो भयो भने बच्चाको पालन पोषण पनि महँगो हुन्छ । जो व्यक्ति आर्थिक रुपमा कम सुरक्षित हुन्छन्, उनीहरुले परिवार बढाउने निर्णयलाई पछि सार्ने उपाय खोज्न सक्छन् ।  यसले लामो समयपछि जनसंख्यामा कमी निम्त्याउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप