शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी मनाइयो तमु ल्होसार, २८ तस्बिरमा हेरौं

बिहीबार, १५ पुस २०७८, १४ : ३५
बिहीबार, १५ पुस २०७८

आज गुरुङ समुदायले धुमधामसँग ‘तमु ल्होसार’ पर्व मनाएका छन्।  यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ । जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत, काठमाडौं लगायतका जिल्लाहरुमा धुमधामसँग तमु ल्होसार मनाइन्छ । त्यसर्थ, ल्होसारका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप