ad
x
माओवादीका महाधिवेशन

प्रचण्डलाई प्रश्न : भारतीय विस्तारवादको भूमिकाबारे किन मौन ?’

person explore access_timeपुस १५, २०७८ chat_bubble_outline0

नेकपा माओवादीका महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक वैचारिक दस्तावेज भारतीय विस्तारवादबारे मौन रहेको भन्दै यसको कारण के हो ? भनेर प्रश्न गरेका छन् ।  बिहीबार समूहगत छलफल पछि सुझाव पेश गर्दै नेता सुदर्शन बरालले अध्यक्षको दस्तावेजको मुल स्प्रिटप्रति पूर्ण सहमत रहेको जनाउँदै प्रतिनिधिहरुले उठाएका प्रश्नहरु सुझावका रुपमा पेश गरेका थिए ।


‘भारतीय विस्तारवादको भूमिकाबारे दस्तावेज मौन छ, यसको कारण केही छ ?’, बरालले भने । रिम कम्पोसा जस्ता संस्थाहरूबारे स्पस्ट धारणा र एडीबी लगायतका संस्थाका बारेमा हेर्ने दृष्टिकोण प्रस्ट हुनुपर्ने लगायतका सुझाव आएको पनि बरालले बताए ।



त्यस्तै कृषि, शिक्षा, पर्यटन, औधोगिक नीति लगायतका विषयमा प्रतिवेदनमा एकीकृत धारणा बनाउनुपर्ने सुझाव रहेको पनि बताए । माओका पालामा अमेरिकासँग गरिएको सन्धि जसबाट चीन युएनको सदस्य भएको र त्यसपछि अहिले चीनले सोभियत संघमा खेलिरहेको भूमिका र चीनसँगको नेपाल र माओवादी केन्द्रको सम्बन्धका बारेमा व्याख्या आवश्यक रहेको सुझाव पनि बरालको छ । स्टालिनमाथि भएको आलोचना पार्टीले कुन हदमा गर्ने भन्ने प्रश्न पनि उठेको उनले जनाए । 



नेपाली समाजको वर्ग विश्लेषण गर्दा आदिवासी जनजाति, थारुहरुप्रति स्पस्ट हुनुपर्ने, पार्टीका कार्यक्रमहरुको प्रभावकारिताको मूल्याङ्कन गर्नुपर्ने, पार्टीकै नेताहरु १० धनाढ्य भएको भन्ने प्रश्न उठेको र त्यसबारे समेत प्रस्ट पार्नुपर्ने प्रश्न उठेको बरालको भनाई छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।