अकुत सम्पत्ति आर्जन मुद्दामा कोषराज वन्तसहित २१ जनाको फाइल तामेलीमा

अकुत सम्पत्ति कमाएको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाको फाइल तामेलीमा राख्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक कोषराज वन्तसहित २१ जनाको मुद्दामा प्रमाण नपुगेको आयोगको निष्कर्ष छ ।
राष्ट्रपति विद्योदेवी भण्डारीलाई आयोगले बुझाएको वार्षिक प्रतिवेदन २०७७–०७८ अनुसार कोषराज वन्तको फाइल २०७७ साउन ५ मा तामेलीमा पठाउने निर्णय गरिएको थियो । तामेलीमा राखेको मुद्दामा नयाँ प्रमाण फेला परे फेरि अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।
कर फस्र्यौट आयोग–०७१ का अध्यक्ष लुम्बध्वज महतको अनुसन्धान फाइल आयोगको बैठकले २०७७ पुस २३ मा तामेलीमा राख्ने निर्णय गरेको थियो । दक्षिण कोरियाका पूर्व राजदूत कमानसिंह लामाको मुद्दा पनि तामेलीमा राखिएको छ । पूर्वराजदुत लामाको मृत्यु भैसकेको छ ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मीका इन्जिनियर निश्चल काफ्ले, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई दीपक केसी र राष्ट्रिय योजना आयोगका शाखा अधिकृत लोकराज बोहराको फाइल तामेलीमा राखिएको छ ।
आयोगको प्रतिवेदन अनुसार इन्जिनियर रामशरण आचार्य, राजस्व अनुसन्धान विभागका अवकाश प्राप्त शाखा अधिकृत मनोजकुमार गौतम, बन अधिकृत धनिचन्द ठकुरी, काठमाडौं महानगरपालिकाका उपनिर्देशक साधुराम भट्टराई र महानगरका कर्मचारी धर्म मुनिकारको मुद्दा तामेलीमा राखिएको छ ।
त्यस्तै, राजस्व अनुसन्धान विभागका निर्देशक खिमबहादुर कुँवर, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयका इन्जिनियर दीपककुमार भट्टराई, राजस्व अनुसन्धान विभागका नासु रामकृष्ण तिवारी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत केशवराज ओली र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव कपिलप्रसाद सुवेदीको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ ।
रसुवा भन्सार कार्यालयका नासु भुपेन्द्रराज मैनाली, मध्यपहाडी लोकमार्ग योजनाका सिडिई सूर्यबहादुर भाट, सडक विभागका सुपेरिन्टेन्डेन्ट इन्जिनियर सुशिल बाबु ढकाल र पूर्व इन्जिनियर उत्तमलाल प्रधानको मुद्दा पनि तामेलीमा राखिएको छ । त्यस्तै अर्थ मन्त्रालयका उप–सचिव डिलबहादुर क्षेत्रीको अकुत सम्पती आर्जन बिरुद्धको मुद्दामा पनि तामेलीमा राखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध
-
पटक पटक पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रीलाई दोस्रो पटक स्पष्टीकरण