शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा अध्ययन गर्ने विद्यार्थीको समस्या समाधान हुँदै

बिहीबार, १५ पुस २०७८, २१ : ५७
बिहीबार, १५ पुस २०७८

कोभिड–१९ को महामारी र बन्दाबन्दीका समयमा नेपाल फर्किएका छिमेकी चीनलगायत देशमा अध्ययन गरेका एमबिबिएस तहका विद्यार्थीको समस्या समाधान हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा समाधानका लागि प्रस्ताव पेश गरेको छ । 

चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिपको समस्या समाधानका लागि प्रस्ताव गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तर्राष्ट्रिय मान्यतामा असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप