बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बसेर निदाउनु बन्न सक्छ मृत्युको कारण, अन्य नोक्सान के ?

शुक्रबार, १६ पुस २०७८, ०९ : १९
शुक्रबार, १६ पुस २०७८


के तपाईं काम गर्दा गर्दै डेस्कमा नै निदाउनुहुन्छ ? केही क्षणका लागि यो आरामदायी तरिका भए पनि यो बानी स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । लामो समयसम्म बसेर निदाउनुले गम्भीर रोगदेखि मृत्युसम्म गराउने विशेषज्ञहरुले बताएका छन् । यसको कारण धेरै बेरसम्म शारीरिक गतिविधि नहुनु हो ।

बसेर निदाउँदा किन मृत्युको खतरा ? 
सुत्ने तरिका र तपाईंको स्वास्थ्यबीच गहिरो सम्बन्ध हुन्छ । लामो समयसम्म बसेर सुत्नुले शरीरमा गम्भीर असर पर्छ । लामो समयसम्म बसेर निदाउँदा सास फेर्न समस्या हुन्छ । बसेर निदाउँदा स्वास नदी संकुचित हुने र डिप भेन थ्रोबोसिसको स्थिती बन्न जान्छ । यसले शरीरको तल्लो भागमा, विशेषगरी गोडाका नसाहरुमा रगतको थेग्ला बन्न थाल्छ । 

यदि सही समयमा ध्यान दिइएन भने यसले ज्यान समेत जान सक्छ । डिप भेन थ्रोबोसिसको लक्षणहरुमा गोडाको तल गोलीगाँठामा दुखाई हुने, गोडाको छाला रातो हुने, गोडा सुन्निने, ऐंठन हुने, झम्झमाउने आदि हुन्  । यसले पल्मोनरी इम्बालिज्ममा खतरा पैदा गर्छ । पल्मोनरी इम्बालिज्म यस्तो रोग हो जसले गर्दा अचानक शरीरको स्वास्थ्य अवस्था बिग्रिन्छ । र, केही समयपछि नै मृत्यु हुन्छ । स्वासप्रश्वास तेज हुने, रोकीरोकी चल्ने, छातीमा गहिरो पीडा हुने, खोकी आउने र रगत देखापर्ने र अचानक मुटुको धड्कन बढ्न थाल्छ । यसलाई पल्मोनरी इम्बोलिज्मको लक्षण मानिन्छ । 

बसेर निदाउँदा हुने अन्य नोक्सान
लगातार लामो समयसम्म बसेर निदाउँदा राम्रोसँग रक्तसञ्चार हुँदैन । र, बसेर निदाउँदा रगत जम्न थाल्छ । शारीरिक गतिविधि नहुँदा शरीरको मांसपेशिहरुमा अड्कन आउँछ र कम्मर दुख्ने, पिँठ्युमा दुखाई हुने, जाडोमा दुखाई बढ्छ । बसेर निदाउँदा घुँडालाई भार पर्ने भएकाले घुँडा यताउता फर्काउन समस्या हुँदै जान्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप