शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकले क्रिसमसका दिन ग्राहकलाई १७ करोड ५०  लाख डलर पठाइदिएपछि...

शुक्रबार, १६ पुस २०७८, १२ : २५
शुक्रबार, १६ पुस २०७८

यूकेको बैंक सान्टान्डरले भूलवस क्रिसमसको दिन डिसेम्बर २५ मा ग्राहकहरुलाई १७ करोड ५० लाख डलर उनीहरुको खातामा पठाएको छ । २ हजार  कर्पोरेट र व्यवसायीक ग्राहकहरुलाई ७५ हजार कारोबारमार्फत् यो भुक्तानी गरिएको हो । सान्टान्डरले बिहिबार एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएको हो ।

‘यो प्राविधिक विषयका कारण भएकोमा हामी क्षमाप्रार्थी छौ । हाम्रो कर्पोरेट ग्राहकहरुबाट पनि केही भुक्तानी भएका छन् । हामीले भूलवस भुक्तानी गरेका हौँ,’ वक्तव्यमा भनिएको छ । ‘हामी भुलवस भएको भुक्तानी उठाउने प्रयासमा लागि परेका छौँ ।’

क्रिसमसमा सान्टान्डर बैंकले २ हजार कम्पनीका यी ग्राहकलाई नियमित भुक्तानी गर्न गइरहेको थियो । गल्तीले यो  भुक्तानी दुइ पटक भयो । पहिलो पटक पैसा सम्बन्धित कम्पनीको खाताबाट काटियो भने दोस्रो पटक सान्टान्डरको कोषबाट गएको थियो ।

नफर्काउनलेलाई १० वर्ष कैद:

बेलायतको चोरी अधिनियम १९६८ का अनुसार कुनै पनि ग्राहकको खातमा गल्तीले आएको पैसा बैंकले फिर्ता लिन सक्छ । ग्राहकले पैसा फिर्ता नगरेमा उनीहरुलाई १० वर्ष सम्मको जेल हुन सक्छ । यो बैंकको करीब १.४० करोड ग्राहक छन् ।

दोस्रो बैंकको खाताबाट असुली मुश्किल:

कयौँ ग्राहकले दोस्रो पटक आएको पैसा खर्च गरिसकेको बैंकको आशंका  छ किनभने क्रिसमसको समय थियो, मानिसले यसलाई कम्पनीले दिएको बोनस ठानेका हुनसक्छन् र यो खर्च गरिसकेका हुनसक्छन् । यस्तै, धेरै ग्राहक अन्य बैंकसँग पनि सम्बन्धित छन्, त्यसैले पैसा फिर्ता पाउन मुश्किल पनि हुनसक्छ ।

पैसा पाउनेहरुको पहिचानको कोसिसः

बेलायतमा भुक्तानी प्रणाली चलाउने पे–यूकेले सान्टान्डरसँग असुलीको विषयमा कुराकानी गरिहेको छ । बैंक प्रवक्ताका अनुसार आफूहरुले बैंकिङ क्षेत्रको निर्धारित प्रक्रियाका अनुसार नै असुली गर्नेछन्  । जसको खातामा दुई पटक रकम जम्ममा भएको छ, उनीहरुको पहिचानको प्रक्रिया सुरु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप