धान उत्पादन चार लाख ९० हजार मेट्रिकटन घट्यो
शुक्रबार, १६ पुस २०७८, १७ : ३०
यस वर्ष धानको उत्पादनमा ह्रास आएको छ । गत वर्षभन्दा यसवर्ष चार लाख ९० हजार मेट्रिकटन धान कम उत्पादन भएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका एक अधिकारीका अनुसार गत वर्षको तुलनामा ८.७४ प्रतिशत धान कम उत्पादन भएको हो ।
धानको तथ्याङ्क सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको मन्त्रालयका अनुसार यस वर्ष ५१ लाख ३० हजार ६०० मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
यसपाली ६० लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो । तर असोजको अन्तिम हप्ता आएको बेमौसमी वर्षाका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण