आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

धान उत्पादन चार लाख ९० हजार मेट्रिकटन घट्यो

शुक्रबार, १६ पुस २०७८, १७ : ३०
शुक्रबार, १६ पुस २०७८

यस वर्ष धानको उत्पादनमा ह्रास आएको छ ।  गत वर्षभन्दा यसवर्ष चार लाख ९० हजार मेट्रिकटन धान कम उत्पादन भएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका एक अधिकारीका अनुसार गत वर्षको तुलनामा ८.७४ प्रतिशत धान कम उत्पादन भएको हो । 
धानको तथ्याङ्क सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको मन्त्रालयका अनुसार यस वर्ष ५१ लाख ३० हजार ६०० मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । 

यसपाली ६० लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो । तर असोजको अन्तिम हप्ता आएको बेमौसमी वर्षाका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप