राप्रपा विवेकशील साझाबीच एकता चर्चा : मिलन पाण्डेले दिए चेतावनी

राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको चर्चाका बीच असन्तुष्ट समूहले आपत्ति जनाएको छ । पार्टीको कारबाहीमा परेका मिलन पाण्डे समूहले राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न अध्यक्ष रवीन्द्र मिश्रलाई चेतावनी दिएको हो ।
असन्तुष्ट समूहको तर्फबाट हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे स्वयं रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाई प्रति आफूहरुको गम्भीर विमति रहेको उल्लेख गरिएको छ ।
'यस्तो ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न हामी रवीन्द्र मिश्रजीलाई सचेत गराउँदछौँ। साथै, पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्म विपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन हामी पार्टी सदस्यहरूलाई अपिल गर्दछौ,' विज्ञप्तिमा भनिएको छ ।
मिश्र पक्षले किर्ते दस्ताबेज बनाएर निर्वाचन आयोगलाई बुझाएको पनि असन्तुष्ट पक्षले आरोप लगाएको छ । यसबारे आफूहरु अदालत जाने पनि सो पक्षको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
-
प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला
-
१७ वर्षीया किशोरीलाई ब्ल्याकमेल गर्दा हिरासतमा पुगे आईटीका विद्यार्थी
-
‘ग्लोबल साउथ’ बिच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
-
तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला
-
प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे: प्रभु साह