शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युतको बजार हैन खपत हुने क्षेत्र खोज्नुपर्छ : अर्थमन्त्री शर्मा

शनिबार, १७ पुस २०७८, १४ : २३
शनिबार, १७ पुस २०७८

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’  ले विद्युत खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विद्युतको बजार खोज्न लागिएको भन्दै उनले बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताएका हुन् । नागरिक लगानी कोषको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युतको खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताए ।

‘जलविद्युत थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उनले भने, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’ बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने बताउँदै उनले खपतले मुलुकलाई आर्थिक विकासतिर लैजाने बताए । 

कृषि आधुनिकीकरण,औद्योगीकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा खपत गर्न सकिने मन्त्री शर्माले औँल्याए । त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोष जस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उनले जोड दिए ।

नागरिक लगानी कोष ठूला कोषहरूमध्ये एक रहेको बताउँदै मन्त्री शर्माले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताए । कोषहरू निष्क्रिय रहेकाले तिनीहरूको परिचालनमा उनले जोड दिए । ‘कोषको पैसा लगानी भइरहेको छैन । लगानी गरेर पुँजी निर्माण गरिरहेको छैन’, उनले भने, ‘आजको दिनमा सबै कोषहरूलाई पुँजी निर्माणमा केन्द्रित गर्न आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप