बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महाराष्ट्रका १० मन्त्री र २० प्रदेश सांसदलाई कोरोना सङ्क्रमण

शनिबार, १७ पुस २०७८, २१ : ३२
शनिबार, १७ पुस २०७८

भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि सङ्क्रमण भएको जानकारी दिए ।
उनले कोरोनाभाइरसको महामारी तीव्ररूपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको उनको भनाइ छ ।  उनले भने, “कृपया सरकारको आग्रहलाई पालना गरिदिनुहोला, आफ्नै पनि सतर्कता अपनाउनुहोला, नत्र अवस्था भयावह हुनसक्छ ।”

महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उनले दिए ।  भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका सङ्क्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप