जापानमा जनप्रगतिशील मञ्चको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

जनप्रगतिशील मञ्च जापान गुम्मा-तोचिगी क्षेत्रीय कमिटी अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्मपन्न गरेको छ । २०२१ डिसेम्बर ३१ का दिन गुम्माकेनको तातेबायासी सीमा सो कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा गुम्मा-तोचिगीका नव निर्वाचित सल्लाहकार र कार्यसमिति२०२१-२०२३ का पदाधिकारीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको गुम्मा-तोचिगी क्षेत्रीय कमिटीका उपाध्यक्ष बिमन किरातीले जानकारी दिए ।
कार्यक्रममा जनप्रगती़शील मञ्च जापानका ईन्चार्ज रामहरी पुडासैनी मञ्चका नेताहरु हवल चन्द्र लामा, बाबुराम पौडेल, गोकर्णेश्वर बर्तौलालगायत विभिन्न पेशा र क्षेत्रका ५४ जनाको उपस्थिती रहेको थियो।
कार्यक्रम गुम्मा-तोचिगी क्षेत्रीय कमिटीका अध्यक्ष राकेश बिमलीको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन कमिटीका सचिव श्रीधर पन्थी र स्वागत मन्तव्य उपाध्यक्ष अनिल रावलले राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा उपनिर्वाचन : मतगणना सुरु
-
मन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता
-
उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाको चुम्बन !
-
राष्ट्रियसभा उपननिर्वाचन : मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने
-
सिरिया : 'विनाश पछि महामारीको जोखिम’
-
डिल्लीबजार कारागारमै रेशम चौधरीको निगरानीमा सांसद !