केबल एक खरबुजाका लागि भएको थियो लडाइँ, हजारौँ सेनाको मृत्यु
विश्व इतिहासमा कयौँ युद्ध र लडाइँको बारेमा तपाईंले सुन्नु भएको होला । भारतीय इतिहासमा पनि कयौँ युद्ध लडिएको छ । जसको बारेमा कयौँ कथाहरू चर्चित छन् । तीमध्ये धेरैजसो लडाइँ अर्को राज्यमा कब्जा गर्नका लागि भएका छन् । तर १६४४ इस्वी सम्बतमा एक युद्ध केबल एक खरबुजाका लागि भएको थियो । आज भन्दा करिब ३७६ वर्ष पहिले भएको यो लडाइँमा हजारौँ सैनिकको मृत्यु समेत भएको थियो । आउनुहोस् जानौँ यो युद्धको बारेमा । इतिहासमा यो युद्ध ‘मतीरेकी राड’को नामले चिनिँदै आएको छ । राजस्थानको कयौँ इलाकामा खरबुजालाई मतीराको रूपमा चिनिन्छ । राडको अर्थ हो, लडाइँ ।
उक्त समयमा बिकानेर शाही राज्यको सीलवा गाउँ र नागौर शाही राज्यको जाखणिया गाउँको सिमाना जोडिएको छ । यी गाउँहरू यी राज्यहरूको अन्तिम सिमाना थियो । बिकानेर राज्यको सीमामा एक खरबुजाको बिरुवा रोपिएको थियो । तर यो बिरुवाबाट नागौर राज्यको सीमा पार गरेर फलेको थियो । यही कारण फल युद्धको कारण बनेको थियो ।
सीलवा गाउँका निवासीका अनुसार बिरुवा आफ्नो भूमिमा लगाइएको थियो । त्यसैले फलमाथि उनीहरूको अधिकार रहन्छ । अर्को राज्यले पनि फल आफ्नो सीमामा लागेको बताउँदै आएको थियो । यत्तिकैमा २ राज्यबीच लडाइ सुरु भयो र धेरै सैनिकहरूले ज्यान समेत गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै