शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका तीन आयोगमा पुरानै नेतृत्वलाई फेरि जिम्मेवारी

आइतबार, १८ पुस २०७८, १६ : ५१
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले तीन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ । आइतबार ढिलोगरी सुरु भएको बन्दसत्रले विधान अनुसारका तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो ।

बन्दसत्र सञ्चालन गर्दै नेता गणेश साहले अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई जिम्मेवारी दिने प्रस्ताव अनुमोदनका निम्ति पेस गरेका थिए । सो प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको हो ।

जारी महाधिवेशनमा माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रिया अन्तर्गत सबैभन्दा पहिला तीन आयोगको नेतृत्व टुंगिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप