बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रीय समितिमा धादिङबाट ५ जना निर्वाचित

आइतबार, १८ पुस २०७८, २२ : ४८
आइतबार, १८ पुस २०७८

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा धादिङबाट ५ जना निर्वाचित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा धादिङबाट प्रतिनिधित्व गर्ने पुष्पविक्रम मल्लसहित ५ जना सो पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचित हुनेहरुमा मल्लसहित शालिकराम जम्मकट्टेल, दीपा सिंखडा, ओमनाथ ढुंगाना र कल्पना धमलाको रहेका छन् । जिल्लाका पुराना र जिउँदा शहीद भनेर चिनिने  रामबहादुर भण्डारी भने केन्द्रीय समितिमा अटाएनन् ।

उनलाई नेता कार्यकर्ताले ज्युँदो शहीद भनेर सम्बोधन गर्ने गर्छन् । तत्कालीन सरकारले किलो शेरा २ को अपरेशन चलाउँदा उनी घाइते समेत भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप