शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको क्विन्सल्याण्डमा प्रवासी नेपालीहरूको नयाँ समिति

सोमबार, १९ पुस २०७८, ०९ : ५२
सोमबार, १९ पुस २०७८

ब्रिस्बेन/अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यमा आइतवार सम्पन्न प्रवासी नेपालीहरूको एक भेलाले आविष्कार पाण्डेको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्चको १९ सदस्यीय क्विन्स्ल्याण्ड राज्यसमिति निर्वाचित गरेको छ । प्रवासी नेपालीको उक्त राज्यसमितिको उपाध्यक्षत्रयमा बाबु चालिसे, स्वीकृति केसी र विवेक ढकाल रहेका छन् । त्यसैगरी, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा पूर्ण परियार र कोषाध्यक्षमा प्रदीप राई निर्वाचित भएका छन् ।

राज्यसमितिका सदस्यहरूमा मोहन पन्त, वसन्त बानिया, हेमन्त न्यौपाने, विजयराज खनाल, सुस्मिता ढकाल, आयशा खनाल, विशाल श्रेष्ठ, आभाष पौडेल, सन्तोष पौडेल, सन्तोष ढकाल, सुसान्त सापकोटा, मनिष श्रेष्ठ र संयोग दाहाल ५न् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई  प्रवास समन्वय समितिकी सुनिता रेग्मी, राज्यसमितिका पूर्व अध्यक्ष राजु ढकाल, त्यसैगरी नवनिर्वाचित राज्य समितिका सल्लाहकार कृष्ण पौडेल, प्रमोद दवाडी र प्रकाश राई र ओभरसिज नेपाली फोरमका विवेक अर्याल र रमेश पाण्डेले शुभकामना तथा बधाइ मन्तव्य दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप