शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको नयाँ भेरियन्टसँग लड्न खानैपर्ने ८ ‘सुपरफुड’

सोमबार, १९ पुस २०७८, १० : २०
सोमबार, १९ पुस २०७८

चिसो मौसममा कोरोना भाइरसको नयाँ भेरियन्टले फेरि महामारीको रुप लिइरहेको छ । विश्वभर कोरोना फैलिरहेको छ । कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्यसम्बन्धी नियमको पालना त गर्नैपर्छ । त्यसमा रोग प्रतिरोधी क्षमताको विकास गर्नका लागि नियमित स्वस्थकर खानेकुरा पनि खाने गर्नुपर्छ । 

घ्यू
आयुर्वेदका अनुसार घ्यू सबैभन्दा सजिल्यै पचाउन सकिने खानेकुरा हो । घ्यूले शरीरलाई तातो राख्छ । यसले शरीरलाई तुरुन्तै ताकत पनि दिन्छ । घ्यूले रोगप्रतिरोधी क्षमताको विकास गर्छ । छाला फुट्ने, सुख्खा हुने समस्याबाट पनि बचाउँछ । तपाईं रोटी, दाल, भात वा तरकारीसँग घ्यू खान सक्नुहुन्छ । 

सखरखण्ड
भिटामिन ए, पोटाशियम र अन्य थुप्रै प्रकारका पोषक तत्वहरु पाइन्छ । सखरखण्डले कब्जियत र इन्फ्लेमेशनबाट राहत दिन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यसमा हुने भिटामिन सी रोग प्रतिरोधी क्षमता बढाउने राम्रो स्रोत हो । विशेषज्ञका अनुसार सखरखण्डको एक टुक्रामा बिटा क्यारोटिनले दिनभर शक्ति प्रदान गर्छ । यसलाई दूधसँग पनि खान सकिन्छ । 

अमला 
भिटामिन सीले भरपुर अमलाले रोग प्रतिरोधी क्षमताको विकास गर्छ । यसले चिसोमा विभिन्न प्रकारका चिसोबाट लाग्ने रोगहरुबाट बचाउँछ । अमलाको सेवनले शरीरमा पोषक तत्व पनि प्राप्त हुन्छ । 

खजूर
खजूरमा भिटामिन, मिनरल र फाइबर धेरै मात्रामा पाइन्छ । खजूरमा पाइने क्याल्शियमले हड्डी, दाँतहरुलाई फाइदा पुग्छ । विशेषज्ञका अनुसार खजूरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । 

गुड
गुडले पनि रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । यसले चिसोबाट पनि बचाउँछ । गुडमा हुने आइरन, म्याग्नेशियम, जिंक, सेलेनियम र पोटाशियम जस्ता गुणकारी तत्वले रोग प्रतिरोधी क्षमताको विकास गर्छ । 

जुनेलो
पोषक तत्व, भिटामिन, मिनरल र फाइबरयुक्त जुनेलोले शरीरलाई धेरै फाइदा गर्छ । विशेषज्ञका अनुसार जुनेलोमा हुने भिटामिन बीले मांसपेशीहरुलाई बलियो बनाउँछ । शरीरलाई तातो राख्न मद्दत गर्छ ।

अदुवा 
अदुवामा हुने अक्सिडेटिभ र एन्टिइन्फ्लामेटरी तत्वहरुले खराब भएको घाँटी छिटो निको हुन मद्दत गर्छ । यसले रोग प्रतिरोधी क्षमताको पनि वृद्धि गर्छ । यसले मुटुसम्बन्धी रोगहरु, क्यान्सर, पाचनसम्बन्धी समस्या र वाकवाकी लाग्ने जस्ता समस्याहरुबाट राहत दिन्छ । 

अमिला फलफूल 
मौसमी फलफूल, सुन्तला र कागती जस्ता अमिला फलफूलको सेवन गर्न भुल्नुहुँदैन । चिसोमा पाइने अमिला फलफूलले भिटामिन सीको काम गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप