फ्रान्सले हटायो युरोपेली संघको झण्डा
दक्षिणपन्थीको आलोचनापछि फ्रान्स सरकारले पेरिसमा रहेको आर्क द ट्रयाफमा राखिएको युरोपेली संघको झण्डा हटाएको छ । फ्रान्स ६ महिनाका लागि यूरोपेली संघको अध्यक्ष रहेको छ । युरोपेली संघको अध्यक्षता सुरु गरेको मौका नगुमाउन आर्क द ट्रयाफमा राखिएको युरोपेली संघको झन्डा उतारिएको हो । देशका दक्षिणपन्थीले यो झण्डा फहराएको विषयलाई लिएर आपत्ति जनाएको थियो । त्यसपछि सरकारले अस्थायी रुपमा लगाइएको यो झण्डा हटाउने फैसला गरेको हो ।
पेरिसस्थित आर्क द ट्रयाफ फ्रान्सको एक ऐतिहासिक स्मारक हो । यहाँ यो झण्डा अस्थायी रुपमा राखिएको थियो । तर देशका दक्षिणपन्थीहरुले यसो गरेकोमा राष्ट्रपति म्याक्रोको आलोचना गर्दै उनले फ्रान्सको पहिचान हटाउन खोजेको आरोप लगाएका छन् ।
फ्रान्समा राष्ट्रपतिको चुनाव आउनै लागेको छ । जसमा म्याक्रो पुनः राष्ट्रपतिमा उम्मेदवार हुन सक्छन् । उनको प्रतिस्पर्धीको रुपमा दक्षिणपन्थी नेता भेलरी पिक्रेज रिपब्लिकन उम्मेदवार हुन् । पिक्रेजले हालैमात्र म्याक्रोसँग ऐतिहासिक युद्ध स्मारकमा फ्रान्सको झण्डा फिर्ता ल्याउने माग गरेका थिए ।
उनले भने,‘जुन सैनिकले यसका लागि रगत बगाए उनीहरुका लागि हामीले यसो गर्नु आवश्यक छ ।’ खुसी भएका दक्षिणपन्थीले यो झण्डा नयाँ वर्षको पूर्व सन्ध्यामा त्यहाँ राखेका थिए । यस बारेमा पिक्रेजले ट्वीटरमा लेखेका छन्, ‘युरोपको अध्यक्षता, हो । फ्रान्सेली पहिचानको क्षती होइन ।’
आइतबार युरोपेली संघको झण्डा हटाइएपछि दक्षिणपन्थी नेता परीन ला पेनले यसलाई आफूहरुको जीत बताएकी छिन् । एक दिन अघि ला पेनले झण्डा नहटाएको खण्डमा आफू फ्रान्सको काउन्सिल अफ स्टेटमा उजुरी गर्ने धम्की दिएकी थिइन् ।
उनले आइतबार भनिन्, ‘सरकारले आर्क द ट्रायफबाट युरोपेली संघको झण्डा हटाउनका लागि बाध्य पारियो । र यो सन् २०२२ को सुरुवातका लागि एक सुन्दर देशभक्तिपूर्ण जीत हो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा