सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

आन्द्रामा गम्भीर समस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

मङ्गलबार, २० पुस २०७८, ०९ : ५६
मङ्गलबार, २० पुस २०७८

अकस्मात् बिरामी भएपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको हो । ६६ वर्षीय बोल्सोनारो सन् २०१९ देखि ब्राजिलको सत्तामा छन् । 

आन्द्रामा गम्भीर समस्या देखिएपछि उनलाई ६ महिनाअघि पनि अस्पताल भर्ना गरिएको थियो । सन् २०१८ को निर्वाचन अभियानका क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट उनको पेट र आन्द्रामा गम्भीर चोट लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप