बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यधिक चिसोका कारण प्रदेश २ का विद्यालयहरु बन्द हुँदै

मङ्गलबार, २० पुस २०७८, १२ : ४४
मङ्गलबार, २० पुस २०७८

तराई मधेशमा बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै प्रदेश २ का केही स्थानीय तहले बालबालिकाको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै विद्यालयहरु बन्द गरेका गरेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाका क्षीरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सामुदायिक विद्यालय पाँच दिनसमका लागि बन्द गरेका हुन् ।

अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै  क्षीरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा मंगलबारदेखि शुक्रबारसम्म, धनुषाको नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सोमबारदेखि शुक्रबारसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयहरुमा बिदा दिने निर्णय गरिएको नगराईन नगरपालिकाले जनाएको छ ।

चिसोका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन थालेकाले विद्यालय बन्द गरिएको जनाइएको छ ।

यसैबीच रौतहटको १८ स्थानीयतह मध्ये आधादर्जन बढी स्थानीय तहका सामुदायिक विद्यालयहरु बन्द भएका छन । कटहरिया नगरक्षेत्र अन्तर्गतका सबै सामुदायिक विद्यालय अगामी २५ गतेसम्म बन्द गरिएको छ ।
यस्तै परोहा, ईशनाथ, बृन्दाबन लगायतका स्थानीयतहका विद्यालयहरुमा पनि सोमबारदेखि बिदा दिइएको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप