शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने

मङ्गलबार, २० पुस २०७८, १३ : ४०
मङ्गलबार, २० पुस २०७८

पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।

त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जारी गर्न लागेकोमा निष्काशन अगावै भित्रभित्रै किनबेच भएको भन्ने विवादमा फसेपछि निष्काशन प्रक्रिया रोकिन पुगेको थियो ।

सो विवादमा नियामक धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) समेत तानिएको थियो । सर्वोत्तम विवाद प्रकरणमा नेप्सेका कार्यकारी अधिकृत (सीईओ) चन्द्र सिंह साउदले पदबाट राजीनामा दिएका थिए भने, सेबोनका अध्यक्ष भीष्मराज ढुङ्गानालाई मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको थियो । सोही विवादमा परेर रोकिएको सेयर निष्काशन कम्पनीले पुनः साधारणसभामा लगेर पारित गर्ने नीति बनाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप