आज पृथ्वी र सूर्य सबैभन्दा नजिक : ११ बजेर ५४ मिनेटमा सबैभन्दा नजिक
आज अर्थात् मंगलबार ४ जनवरीमा हाम्रो पृथ्वी यो वर्ष सूर्यको सबैभन्दा नजिक भएको छ । दिउँसो ११ बजेर ५४ मिनेटमा पृथ्वी सुुर्यको नजिकको विन्दुमा रहेको थियो । यो दुरी छोटिएर १४ करोड ७१ लाख ५ हजार ५२ किमीमा पुगेको थियो । विज्ञानमा यो सिद्धान्तलाई पेरिहिलियन अर्थात् सूर्य समिपक भनिन्छ ।
६ महिनापछि २०२२ को जुलाई ४ मा पृथ्वी यो वर्षको सबैभन्दा पर पुग्ने छ । त्यतिबेला यो दुरी १५ करोड २० लाख ९८ हजार ४ सय ५५ किलोमीटरमा हुनेछ । यो सिद्धान्तलाई एपहिलियन भनिन्छ ।
पृथ्वी र सूर्यको बीचको दुरीबाट मौसम तय हुँदैन
प्लानेटरी सोसाइटी भारतका निर्देशक एन श्री रघुनन्दन कुमारले भने, ‘मानिसलाई लाग्ने गरेको छ कि सूर्य र पृथ्वीबीचको दुरीबाट मौसम र तापमान तय हुन्छ । यो सही होइन । सूर्यलाई घुम्दा पृथ्वी आफ्नो धुरीमा करिब २३.५ डिग्रीमा रहन्छ । यस कारण मौसममा परिवर्तन हुन्छ ।’
उनी थप्छन्, ‘झुकावका कारण कुनै समय पृथ्वीको जुन भागमा सूर्यको किरण सीधा पर्छ, त्यहाँ गर्मी हुन्छ र जहाँ किरण झुकेको हुन्छ त्यहाँ चिसो महसुस हुन्छ । यसका साथै वायु दबाव, मरभूमिबाट आउने हावासमेत कयौ कारणबाट तापमान प्रभावित हुन्छ ।’
उत्तरी ध्रुवमा विस्तारै विस्तारै कम हुन्छ चिसो
जनवरीमा वर्षको सुरुवातमा उत्तरी ध्रुवमा धेरै देशमा चिसोको मौसम हुन्छ र दक्षिणी धु्रवमा गर्मी हुन्छ । यो समय पृथ्वी सूर्यको सबैभन्दा नजिक हुन्छ । अब पृथ्वी र सूर्य बीचको दुरी विस्तारै विस्तारै बढ्दै जान्छ । जुलाईमा यी दुई सबैभन्दा दुरीको अवस्थामा रहन्छन् ।
जुलाईमा जब पृथ्वी सुर्यको सबैभन्दा दुरीमा रहन्छ नेपालका आसपासका देशमा पनि गर्मीको मौसम रहन्छ । यसबाट स्पष्ट हुन्छ सूर्य र पृथ्वीबीचको दुरीबाट मौसम फेरिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर