शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अल्फा बिटाले पुस २३ गते अष्ट्रेलियन शैक्षिक मेला आयोजना गर्ने

मङ्गलबार, २० पुस २०७८, २० : २१
मङ्गलबार, २० पुस २०७८

अल्फा बिटाले आगामी शुक्रबार (पुस २३ गते) अष्ट्रेलियन शैक्षिक मेला आयोजना गर्ने भएको छ । मेलामा अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजहरूका साथै अंग्रेजी भाषा परीक्षण गराउने आइएलटीएस तथा पीटीईका आधिकारिक व्यक्तिहरू, इन्स्योरेन्स तथा बैड्ढहरूको पनि सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

मेलामा सहभागी हुने विद्यार्थीहरूलाई अष्ट्रेलियाका विश्वविद्यालयहमा कोर्स प्रवेश मापदण्ड र छात्रवृत्ति जस्ता विषय जानकारी दिइने अल्फा बिटाका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष द्विराज शर्माले बताएका छन् । उनका अनुसार मेलामा विद्यार्थीहरूले कलेज तथा विश्वविद्यालयका आधिकारिक व्यक्तिहरूसँगै परामर्श लिन पाउनेछन् ।

नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको चौथो तल्लामा मेला आयोजना हुनेछ । मेलामा अष्ट्रेलियाका २० विश्वविद्यालय तथा कलेजले सहभागीता जनाउने बताइएको छ । अष्ट्रेलियन राजदूत फेलिसीटि वोल्क प्रमुख अतिथि र न्यू साउथ वेल्सका लागी नेपालका महावाणिज्य दूत दीपककु्मार खड्का अतिथि रहनेछन् । यस्तै, अस्ट्रेलियाका पूर्व नेपाली विद्यार्थी संघका अध्यक्ष रामहरी अर्याल लगायत एसएण्डएस अकाउन्टिङ बिजनेस सर्भिसका सञ्चालक तथा अल्फा बिटा ग्लोबल सिड्नीका निर्देशक गोबा कटुवाल पनि मेलामा सहभागी हुने आयोजकले जनाएको छ ।

मेलामा सहभागि हुन विद्यार्थी तथा अभिभावकहरूले कुनै पनि किसिमको शुल्क तिर्नुनपर्ने र अन्तराष्ट्रिय उच्च शिक्षाबारे जानकारी लिन इच्छुक सबैजना मेलामा सहभागी हुनसक्ने शर्माले बताएका छन् । वैदेशिक अध्ययन निम्ति अष्ट्रेलियालाई नेपाली विद्यार्थीहरूले प्रमुख शैक्षिक गन्तव्यका रूपमा लिने गरेका छन् । लामो समयसम्म कोभिडका कारणले आफ्ना अन्तराष्ट्रिय सीमा बन्द गरेको अष्ट्रेलियाले गत डिसेम्बर १५ देखि कोभिड विरुद्धको पु्रा डोज खोप लगाएका अन्तरराष्ट्रिय विद्यार्थीका लागि सीमा पुनः खोलेको छ ।

नेपालमा भर्खरै कक्षा १२ को नतिजा प्रकाशित भएको छ । यस्तै,स्नातक तहको नतिजा पनि चाँडै नै प्रकाशित हुँदैछ । यी तहका परीक्षा उत्तीर्ण गरेपछि वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक र उचित परामर्श लिन मेला फलदायी हुने अल्फा बिटाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप