
भारतका विभिन्न राज्यमा देखिन थाल्यो कोरोनाको तेस्रो लहर

भारतको महाराष्ट्र र दिल्लीसमेत सबै राज्यमा अब कोरोनाभाइरसको तेस्रो लहरको असर देखिन थालेको भारतीय सञ्चार माध्यमले बताउन थालेका छन् । यसका कारण राज्यले प्रतिबन्धलाई नयाँ ढङ्गले लगाउन सुरु गरेका छन् ।
मंगलबार महाराष्ट्रमा १८,४६६ कोरोनाका नयाँ संक्रमित भेटिए जुन सोमबारको तुलनामा ५१ प्रतिशतको वृद्धि हो । यस्तै मुम्बईमा मात्रै १० हजार नयाँ संक्रमित भेटिएका छन् ।
दिल्लीमा पनि मंगलबार ५४८१ जनामा कोरोनाको संक्रमण भेटिएको थियो । यहाँ तीनजनाको मृत्यु भएको छ । सोमबार राजधानीमा ४०९९ नयाँ बिरामी भेटिएका थिए । राजधानीमा सक्रिय संक्रमितको संख्या १४,८८९ जना पुगेको छ । यसका साथै पोजेटिभिटी दर पनि बढेर ८.७ भएको छ । राजधानीमा ४० प्रतिशत बेड कोरोना बिरामीका लागि खाली राख्न र सप्ताहन्तमा शनिबार–आइतबार पूर्ण रुपमा कर्फ्यू लगाउन आदेश दिइएको छ ।
राजधानी नजिकैको गुरुग्राममा पनि ६३९ नयाँ संक्रमित भेटिएका छन् जुन हरियाणा राज्यमा भेटिएका ११३२ बिरामीको करिब ५० प्रतिशत हो ।
उता यूपी सरकारले पनि सबै स्कूलमा कक्षा १० सम्म अफलाइन पढाई १४ जनवरी अर्थात् मकर सक्रान्तिसम्मका लागि बन्द गरेका ेछ । यस्तै जुन जिल्लामा सक्रिय संक्रमित १० हजार नाघेको छ त्यहाँ विवाह समारोहमा पनि पाहुनाको संख्या सिमित गरिएको छ । बन्द स्थान जस्तै हलमा १०० पाहुना बोलाउने जबकी खुला स्थान अर्थात् ग्राउन्डमा क्षमताको ५० प्रतिशत पाहुना आउने अनुमति हुनेछ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ