
होटल बसेरामा शेखर कोइराला पक्षको बैठक, तस्बिरमा हेर्नुहोस्

काँग्रेस नेता शेखर कोइराला पक्षको बैठक सुरु भएको छ । सिंहदरबारस्थित होटल बसेरामा बैठक सुरु भएको हो । बैठकमा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार बनेका नेताहरु, प्रदेशका उम्मेदवारसहितका सहभागी रहेका छन् । बैठकमा गत महाधिवेशनका समीक्षा र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
यस्तै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निर्णयका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल हुने एक नेताले बताए । कोइराला पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए भने देउवासँग पराजित बनेका थिए । यसअघि कोइरालाले आफूले काँग्रेसमा गुटको राजनीति नगर्ने बताएपनि बुधबारका लागि गुटको बैठक बोलाएका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ