शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कठिनाइ बिगार्न नभई लुकेको सामर्थ्यलाई देखाउन आएको हुन्छ’

बिहीबार, २२ पुस २०७८, १० : ३९
बिहीबार, २२ पुस २०७८

१, धर्मको अर्थ धारण गर्नु हो । जुन शक्ति, सिद्धान्त, विचार र व्यवहारद्वारा सांसारिक गतिविधि धारण गरिन्छ वा सञ्चालिञत हुन्छ त्यही नै धर्म हो । त्यसैले धार्मिक हुनका लागि वा धर्म कमाउनका लागि मठ, मन्दिर, मदरसा वा चर्च जानैपर्छ भन्ने छैन । परहित वा परोपकार सम्बन्धी कार्यले नै धार्मिक बनाइरहेको हुन्छ । सत्यसाइ बाबा

२, सम्प्रदायमा जन्मनु नराम्रो होइन, जन्मन सक्छौँ तर सम्प्रदायमा मर्नु भने राम्रो होइन । जसले सम्प्रायबाट माथि उठेको छ वा उठ्ने प्रयास गरेको छ उसैको जीवन सार्थक हुन्छ । स्वामी विवेकानन्द

३, डरको मुख्य कारण भनेको लोभ हो । जब मानिस लोभको जालोमा फस्न पुग्छ तब विभिन्न किसिमका डर पैदा हुनथाल्छ । नपाउँदासम्म प्राप्त हुन्न कि भन्ने डर, प्राप्त भएपछि गुम्छ कि वा बचाउन सकिन्न कि भन्ने डर । त्यसैले डरबाट मुक्त हुन चाहनेले पहिले लोभबाट मुक्त हुन सिक्नुपर्छ । गौतम बुद्ध

४, आफ्नो पुस्ताई सन्मार्गमा डो¥याउन चाहने मानिसले खराब मानिसको सम्पर्कबाट टाडा रहने प्रयास गर्नुपर्छ । महर्षि भृगु

५, निराशावादीले जस्तोसुकै अवसरमा पनि निराशा नै देखिरहेको हुन्छ भने आशावादीले जस्तोसुकै कठिनाइमा पनि अवसर नै देखिरहेको हुन्छ । त्यसैले जीवनलाई सदैव आशावादी बनाउन सिक्नुपर्छ । विन्स्टन चर्चिल

६, आँसु र हाँसोमा यही फरक छ । हामी रोयौँ भने संसारै आसुको समुद्रमा डुबेको देखिन्छ हास्यौँ भने संसारै हाँसेको देखिन्छ ।  स्वेट मार्डन

७, गोरु गाडाभन्दा पाँच हात पर, घोडाभन्दा १० हात पर, हात्तीभन्दा १०० हात पर र दुष्ट मानिसभन्दा लाखौँ हात पर बस्ने प्रयास गर्नुपर्छ । आचार्य चाणक्य

८, मूर्खलाई सम्झाउनु व्यर्थ छ । जो ज्ञानी छ उसलाई सम्झाउन सकिन्छ । जो अज्ञानी छ उसलाई पनि सम्झाउन सकिन्छ तर मूर्खलाई भने लाखै प्रयास गरे पनि सम्झाउन मुस्किल पर्छ । भगवद्गीता

९ जसले सानो कुरालाई गम्भीरतापूर्वक लिने गरेको छैन वा लिन सकेको छैन उससँग ठूलो कुराको विश्वास गर्न सकिन्न । अल्बर्ट आइन्स्टाइन

१०, कुनै पनि कठिनाइ हामीलाई बिगार्न आएको हुन्न, बरू हामीभित्र लुकेको शक्ति र सामर्थ्यलाई बाहिर ल्याउन आएको हुन्छ । अब्दुल कलाम

११, गुरु पाउन गाह्रो छैन, जहाँ पनि पाउन सकिन्छ । बुझ्न सके वा लिन सके माकुरा र माछाले समेत शिक्षा दिइरहेका हुन्छन् तर शिष्य पाउन भने गाह्रो पर्छ । भागवतपुराण

स्रोत -विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप