ad
x
राजनीति

माओवादी नेताहरू भित्र्याउँदै ओलीले भने– प्रचण्ड समूह पेरुको साइनिङ पाथ बन्नेछ

person explore access_timeपुस २२, २०७८ chat_bubble_outline0

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्व सदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । माओवादीको केन्द्रीय कमिटीमा नअटाएपछि असन्तुष्ट बनेका लामासहितका नेता कार्यकर्तालाई बुधबार बालकोटमा  अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । 


प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत रहेको बताइएको छ । उनीहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमाले रोजेर समयमै सही निर्णय गरेको भन्दै नवप्रवेशी नेताहरूलाई धन्यवाद दिएका थिए ।  उनले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला, त्यसको हालत कुनै बेलाको पेरुको साइनिङ पाथको जस्तो हुनेछ ।



उक्त अवसरमा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरूको उपस्थिति थियो ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।