बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा के बिक्दैन ? टिभी सेलिब्रिटीले पाद बोतलमा भरेर कमाइन् ६० लाख रुपैयाँ

बिहीबार, २२ पुस २०७८, १३ : ३७
बिहीबार, २२ पुस २०७८

तपाईंले कयौँ अनलाईन व्यवसाय बारे सुन्नुु भएको होला । तर तपार्इंले पादको व्यवसायबारे सायदै सुन्नुभएको होला । तर यो कुरा साँचो हो । अमेरिकी रियलिटी टिभी स्टार स्टेफनी म्याटो यो व्यवसायको विषयलाई लिएर व्यापक चर्चामा छिन् । स्टेफनी म्याटोले एक भिडियोको माध्यमबाट यो कुराको खुुलासा गरेकी हुन् । उनले आफ्नो फार्ट (पाद) लाई अनलाइनमार्फत् बेचेर लाखौँ रुपैयाँ कमाउँछिन् । उनको यो भिडियो इन्टरनेटमा व्यापक भाइरल भइरहेको छ ।

विशेष खानाको योजनालाई निरन्तरता

स्टेफनी म्याटो अमेरिकी रियालिटी शो ‘९० डे फियान्से’ बाट चर्चामा  आएकी थिइन् । उनले आफ्नो खानपानमा राम्रो ध्यान राख्ने बताउँदै आएकी छिन् । उनी नास्तामा सिमी, प्रोटिन मफिन, प्रोटिन शेक, उसिनेको अण्डा र दही खान्छिन् । जब यसबाट ग्यास बन्न थाल्छ त्यसपछि उनी यसलाई सिसाको बोतलमा भर्छिन् ।

पाद बेचेर कमाइन् ६० लाख रुपैयाँ

आफ्नो इन्स्टाग्राममा भिडियो अपलोड गरेर उनले पाद बेच्ने पुरा प्रक्रिया बुझाएकी छिन् ।  स्टेफनीले आफ्नो पाद एक जारमा बन्द गरेर त्यसमा गुलाबको केही पातहरु मिसाएर व्यक्तिगत नोटसहित बिक्री गरिन् र एक साताभित्रै करिब ३८ हजार पाउण्ड अर्थात् ६० लाख रुपैयाँमा बेचेकी छिन् ।

अभिनेत्रीलाई दैनिक सयौँ अर्डरः

आफ्नो पाद किन्नका लागि दैनिक सयौँ अर्डर आउने अभिनेत्रीले दाबी गरेकी छिन् । उनलाई पाद बजार बारे पनि थाहा छ जहाँ यो किन्न र बेच्न सकिन्छ । स्टेफनीका अनुसार थुप्रै वर्षदेखि महिला र पुरुष दुबैले उनले लगाएको लुगा, नुहाएको पानी आदि खरिद गर्ने इच्छा राखेका छन् ।

खानाका कारण बिरामीः

मीडिया रिपोर्टका अनुसार स्टेफनी टाउको दुख्ने र ह्दयघातको लक्षण देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । थुप्रै रगत परीक्षणपछि डाक्टरले उनको मुटु दुख्नुको कारण भटमास र अण्डा  भएको बताए । स्टेफनी लगातार यसको सेवन गर्थिन् । डाक्टरले उनलाई आफ्नो खान्की फेर्ने सल्लाह दिए र उनको ग्यास बन्द गर्ने औषधी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप