बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'मलाई मागी विवाहबाट बचाउनुस्' भन्दै श्रीमतीको खोजीमा युवकले राखे होर्डिङबोर्ड

बिहीबार, २२ पुस २०७८, १३ : ५७
बिहीबार, २२ पुस २०७८

म्याट्रिमोनियल साइटको सहयोगबाट कयौँ सम्बन्ध बनेको त देख्नु भएकै होला । तर, बेलायतमा  एक अविवाहित व्यक्तिले सबै चिजले भरिपूर्ण श्रीमती खोज्नका लागि अत्यन्त अचम्मको तरिका अपनाएका छन् । मोहम्मद मलिक २९ वर्ष भएपछि आफ्नो विवाहको विषयमा यति चिन्तित हुन थाले कि उनले जीवन–साथीको खोजीमा बिलबोर्डमा आफ्नो फोटो राखेर सडकको किनारामा राखिदिए ।

बीबीसीका अनुसार २० फीट अग्लो यो होर्डिङमा लेखिएको छ, ‘मलाई मागी विवाहबाट बचाउनुुहोस् ।’ यति मात्रै होइन मोहम्मदले एक वेबसाइट पनि बनाएका छन् – फाइन्डमेलकावाइफ डट कम । यसमा उनी बारेमा सबै जानकारी राखिएको छ । यहाँ युवतीहरु उनीसँग कुराकारनी गर्न सक्छन् ।

सहरमा चर्चाको विषय बनेको छ होर्डिङ

पेशाले इनोभेसन कन्सलटेन्ट र उद्यमी मोहम्मद मलिकले बर्मिङघममा करीब ३–४ होर्डिङ लगाएका छन् । यो होर्डिङ यतिबेला शहर र सोशल मिडियामा चर्चाको विषय बनेको छ । मोहम्मद लन्डनवासी हुन् । तर उनी बर्मिङहमलाई दोस्रो घर मान्छन् । यही कारण हो उनले प्रेमको खोजीमा यहाँको सडकमा पोस्टर राखेका छन् ।

यस विज्ञापनमा उनले आपूmलाई एकल भएको बताउँदै डेट गर्न इच्छुक मानिसलाई सम्पर्क गर्नका लागि भनेका छन् । हालसम्म उनीसँग करीब १०० भन्दा बढी आवेदन आइसकेको छ ।

सुन्दरी, संस्कारी र सुशील केटीको खोजी

विवाह गर्न आतुर भएका ५ फीट ८ इन्च अग्ला मोहम्मदलाई २० देखि ३० वर्ष बीचको मुस्लिम केटी चाहिएको उनले बताए । उनी मागी विवाहको विरोधमा नभएको तर उनको रोजाइ अनुसारको केटी पाएमा कुरा पक्का हुने उनले बताए ।

मोहम्मद व्यक्तित्व र विश्वासलाई सबैभन्दा बढी प्राथमिकता दिन्छन् । जसले अभिभावकको पनि हेरचाह गरिदिए सुनमा सुगन्ध हुने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप