बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश बाँड्ने

बिहीबार, २२ पुस २०७८, १४ : ०८
बिहीबार, २२ पुस २०७८

हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूलाई ६.६५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७/७८ को मुनाफाबाट लगानीकर्तालाई उक्त बोनस सेयर दिने भएको हो ।

यस्तै, ६.६५ प्रतिशत बोनस सेयरको कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश समेत दिने कम्पनीले बताएको छ । इन्स्योरेन्सले बोनस सेयर र नगद लाभांश गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सञ्चालक समिति बैठकले गरेको लगानीकर्तालाई लाभांश वितरण गर्ने उक्त प्रस्ताव कम्पनीको आगामी सभा र बीमा समितिबाट पारित हुनुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप