शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनस्वास्थ्य संघको केन्द्रीय सदस्यमा देवकोटाको उम्मेदवारी

बिहीबार, २२ पुस २०७८, १५ : ३२
बिहीबार, २२ पुस २०७८

नेपाल जनस्वास्थ्य संघको केन्द्रीय  सदस्यमा वसन्त देवकोटाले उम्मेदवारी दिएका छन्। पुस २४ गते हुने निर्वाचनको लागि देवकोटाले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। अधिकारीको नेतृत्वमा प्रगतिशील समूहबाट आफूले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको देवकोटाले जानकारी दिए। लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका देवकोटा यूवा जनस्वास्थ्यकर्मी हुन्।

जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न संघसंगठनमा रहेर सक्रियतापुर्वक काम गर्दै आएका देवकोटाले तमाम जनस्वास्थ्यकर्मीको हकहितको पक्षमा काम गर्न आफुले उम्मेदवारी दिएको बताए । 

संघको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि ३५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष सहित कुल १५ सदस्यीय कार्यसमितिका लागि ३५ जनाको उम्मेदवारी परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप