बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘कठपुतली’ प्रचार फन्डा, टिकटकमा आइफोन

बिहीबार, २२ पुस २०७८, १७ : ३०
बिहीबार, २२ पुस २०७८

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘कठपुतली’ । एकल प्रदर्शन अवसर पाएको फिल्मले दर्शकका लागि नयाँ अफर ल्याएको छ । फिल्म हेर्न आउने दर्शकमध्ये एकलाई आइफोन १२ उपहार दिने अफर अहिले निर्माण पक्षले सार्वजनिक गरेको छ ।

निर्माण युनिटकाअनुसार फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिनेछ । एक टिकट एकजनाको लागि मात्र मान्य हुने र टिकट नम्बरको आधारमा मान्यता जाँच हुने निर्माण पक्षले जनाएको छ ।

नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात ‘पब्लिक पोष्ट’ कुनैपनि सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा ’क्याप्सन’ मा ‘ह्यासट्याग कठपुतली ह्यासट्याग विनआइफोन’ लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सूचना फिल्म टीमले प्राप्त गर्नेछ । ‘लक्की ड्र’ मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरि उपहार दिइनेछ ।

मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको फिल्म भीमसेन लामाले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप