६ वर्षमा दोब्बरले बढ्यो सवारीसाधन, ट्राफिक जामले सास्ती

पछिल्लो आधा दशकमा काठमाडौँ उपत्यकामा सवारीसाधनको सङ्ख्या दोब्बरले बढेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए । अहिले उपत्यकामा सडकको कूल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ । तर यस अवधिमा उपत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन् ।
काठमाडौँको सडक सञ्जालको तुलनामा बर्सेनि सवारीसाधन थपिँदै गएपछि चोकचोकमा ट्राफिक जाम बाक्लै देखिन थालेको छ । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२ ७३ मा बागमती प्रदेशमा ९ लाख २२ हजार ९ सय सवारीसाधन दर्ता थिए । अहिले यो प्रदेशमा दर्ता सवारी सवारी साधनको सङ्ख्या २०७८ ७९ कात्तिक मसान्तसम्म १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ । जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन् । उपत्यकामा गुड्ने १५ लाख सवारी साधनमध्ये १३ लाखभन्दा बढी दुई पाङ्ग्रे छन् । २०७२ ७३ मा दुई पाङ्ग्रेको सङ्ख्या सात लाख २२ हजार ७ सय २२ थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध
-
पटक पटक पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रीलाई दोस्रो पटक स्पष्टीकरण
-
धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखहरूसँग कृषिमन्त्रीले गरे छलफल
-
थप ४ घण्टाका लागि ६ सय मेगावाट विद्युत् दिन भारत तयार
-
वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर