बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो विश्वयुद्धमा हराएको सेनाको चिठ्ठी ७६ वर्षपछि उनकै घरमा पुग्यो

शुक्रबार, २३ पुस २०७८, १२ : ४४
शुक्रबार, २३ पुस २०७८

दोस्रो विश्व युद्धमा सेनाले लेखेको चिठ्ठी ७६ वर्षपछि मासाचुसेट्समा उनकै घरमा पु-याइएको छ । उक्त समयमा यो चिठ्ठी जर्मनीबाट पठाइएको थियो ।

अमेरिकी सेना जोन गोनसाल्भ्स त्यतिबेला २२ वर्षका थिए । उनले वोबर्नस्थित आफ्नी आमालाई सन् १९४५ डिसेम्बरमा पत्र लेखेका थिए । त्यतिबेला दोस्रो विश्वयुद्धको आधिकारिक समाप्तिको घोषणा गरिसकिएको थियो ।

उक्त पत्र ७५ वर्षभन्दा बढी समयदेखि नखोलिएको अवस्थामा रह्यो । यो पत्र पिटर्सबर्गस्थित युएस पोस्टल सर्भिस डिस्ट्रिब्यूसन फ्यासिलिटीले प्राप्त गर्यो ।

‘प्रिय आमा, आज तपाईंले पठाउनु भएको अर्को पत्र पाएँ । सबैकुरा राम्रो छ भन्ने थाहा पाएर खुसी लाग्यो,’ उक्त पत्रमा लेखिएको छ । ‘मेरो कुरा गर्नुपर्दा, यहाँ सबै ठिकै छ । तर खानाको कुरा गर्ने हो भने धेरैजसो राम्रो खाना नै पाइँदैन ।’

उनले अन्तिममा पत्रमा हस्ताक्षर गर्दै लेखेका छन्, ‘लभ एण्ड किसेस, तपाईंको छोरा जोनी । तपाईंलाई छिट्टै भेट्नेछु, आशा छ ।’

गोन्साल्भ्सको सन् २०१५ मा निधन भइसकेको छ । उनकी आमा पनि निधन भइसकेको छ । तर युएसपीएसले उनकी विधवा श्रीमती, एन्जेलिनाको ठेगाना पायो । जोनीले एन्जेलिनालाई उक्त पत्र पठाएको पाँच वर्षपछि भेटेका थिए ।

दशकौँ पुरानो पत्रसहित युएसपीएसका कर्मचारी आफैंले पनि एउटा पत्र लेख्दै भनेका छन्, ‘सात दशक अघि यो चिठ्ठी कहाँ थियो भन्ने विषयमा हामी अनिश्चित छौँ । तर हाम्रोमा यो  झण्डै ६ साता अघि आइपुगेको छ । तपाईंको पारिवारिक इतिहाका लागि यो चिठ्ठी औचित्यपूर्ण छ । यो चिठ्ठी पु¥याउनु हाम्रा लागि सबैभन्दा महत्वको विषय भएको छ ।’

जोनको परिवारले उक्त पत्र पाएपछि उनीहरुले युएसपीएसलाई फोन गरेर धन्यवाद दिए ।

‘एकचोटी सोच्नुहोस् त, ७६ वर्ष ! ’ एन्जेलिना गोन्साल्भेसले भनिन् । ‘मलाई यसलाई रत्तिभर पनि विश्वास लागिरहेको छैन । उनको हस्तलिखित पत्र र यो सबै । यो निकै अद्भूत हो ।’

एन्जेलिनाले अर्को एउटा बिदा आफ्ना श्रीमानबिना बिताइन् । तर यसवर्ष उनले भनिन्, ‘तपाईंलाई थाहा छ, उनी यसवर्ष म भएठाउँ आए जस्तै लाग्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप