शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘आकासे खेती’ को गीत : ‘चिटिक्क परेर आइछेउ’ सार्वजनिक

शुक्रबार, २३ पुस २०७८, १४ : २२
शुक्रबार, २३ पुस २०७८

फिल्म ‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक गरिएको छ । केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो । हरि उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको गीतमा विकाश चौधरीको संगीत छ ।

गीतमा फिल्मका कलाकार मुख्य कलाकार गौरव पहारी, विल्सन विक्रम राई ‘तक्के बुढा’, बुद्धि तामाङ ‘हैट’, निता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बु लगायतको आकर्षक नृत्य देख्न सकिन्छ । गीतको कोरियोग्राफी राजिव सिंहको छ ।

फिल्म फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धि तामाङ ‘हैट’, निता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर बाङ्देल लगायतको मुख्य भूमिका छ । 

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्बतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । यस अगाडि सुब्बाले थुप्रै सफल फिल्म दिएका छन् । फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ । फिल्म युवादेखि बृद्धसम्मको रूचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए । 

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ ले लेखेका हुन् ।  

एसएस इन्टरनेशनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायाँकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकास चौधरी र बादल लिम्बुको संगीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप