शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना सङ्क्रमण बढेपछि दाङमा नौ दिनका लागि विद्यालय बन्द

शुक्रबार, २३ पुस २०७८, १५ : ५९
शुक्रबार, २३ पुस २०७८

दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ । विद्यालयहरूमा कोरोना सङ्क्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृतले २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । कोरोनाको दर तीव्र रूपमा बढ्न थालेपछि सङ्क्रमणको चेन ब्रेक गर्नका लागि उपमहानगर भरिका सबै विद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप