
एचआईडीसीएलले शेयर धनीलाई ८ प्रतिशत बोनस दिने

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० औ साधारण सभा पुस २२ गते सम्पन्न भएको छ । काठमाडौँको हात्तीसारमा सम्पन्न सभामा सञ्चालक समितिका अध्यक्ष एवं नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभाद्वारा सेयर धनीलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले रु. १ अर्ब ४९ करोड ६० लाख बराबरको बोनस शेयर र चुक्ता पुँजीको ०.४२१ प्रतिशतका दरले रु.७ करोड ८७ लाख ३६ हजार ८४२ नगद लाभांश वितरण पारित गरेको छ । कम्पनीको अधिकृत पुँजी रु. ५० अर्ब, जारी पुँजी रु.२२ अर्ब र हालको चुक्ता पुँजी रु. १८ अर्ब ७० करोड रहेको छ । शेयर धनीहरूलाई बोनस पश्चात् कम्पनीको चुक्ता पुँजी रु. २० अर्ब १९ करोड ६० लाख रहेको छ ।
कम्पनीले संस्थागत सामाजिक दायित्व अन्तर्गत सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु. ८ लाख र राष्ट्रिय आविष्कार केन्द्रलाई रु. २ लाख पारित गरेको छ । साधारण सभामा २०७८ असारसम्मको नाफा नोक्सानको विवरणमाथि छलफल गरिएको थियो । आर्थिक वर्ष २०७८÷७९ को लागि लेखा परीक्षकका रूपमा सृष्टि कोइरालालाई नियुक्त गरिएको छ । सेयर धनीहरूबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावमा सुधीर ज्ञवाली निर्वाचित भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ