शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट सोमबारसम्म वर्षा र हिमपात

शनिबार, २४ पुस २०७८, ०७ : ३१
शनिबार, २४ पुस २०७८

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना  छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति  पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । आइतबार  सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सोमबार  पनि वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा पानी पर्नेछ । लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा पनि वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप