शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको हुन्छ : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन् । शनिबार काठमाडौं आयोजित एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।
बाल्यावस्थामा बालबालिकाको सर्वाङ्गीण विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उनको भनाइ छ । बाल्यावस्थामा अनुसासन, शिक्षा, र संस्कार सिकाउने कुरा हुन्छ’, उनले भने, ‘आमा पछिको पाठशाला भनेको विद्यालय नै हो ।’
बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरु नै अघि भएको बताउँदै पेशामा लाग्नेहरुलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए । ‘तपाईंहरुका अप्ठ्याराहरु छन् मैले बुझ्छु’ उनले भने, ‘ तोकिएको तलब तथा अन्य समस्याहरु मन्त्रालयले समाधान गर्छ ।’
मन्त्री पौडेलले बालविकासका शिक्षकहरुलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहहरुसँग समन्वय गरिरहेको समेत बताए । कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पवनदीप राजनको स्वास्थ्यमा सुधार
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा
-
कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने