शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘समुन्द्रको बीचमा साथीले फोटो खिचेको देखेर विदेश अध्ययनमा जानु घातक हुनेछ’

आइतबार, २५ पुस २०७८, १० : १२
आइतबार, २५ पुस २०७८

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले ‘क्याम्ब्रिज अष्ट्रेलिया एडमिसन मन्थ २०२२’ सञ्चालन गरिरहेको छ । ८ जनवरी देखि ३१ जनवरीसम्म चल्ने कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलियाका प्रसिद्ध कलेजहरुका आधिकारिक प्रतिनिधिहरुबाटै शैक्षिक परामर्श दिइँदै आएको छ । 

क्याम्ब्रिजको मुख्य कार्यालय बागबजार, काठमाडौंमा १ महिनासम्म चल्ने ‘क्याम्ब्रिज अष्ट्रेलिया एड्मिसन मन्थ’ मा अष्ट्रेलियाका क्विन्सफोर्ड, ब्राइटन, आरजिआइटी, आइआइइ, अजफोर्ड, एसएविटी, स्काइलाइन, वेस्र्टन सिड्नी लगायतका प्रतिष्ठित कलेजहरुको सहभागिता छ । ‘लामो समयको लकडाउनले विद्यार्थीहरु अष्ट्रेलिया जानबाट बञ्चित थिए । कोरोना संक्रमण कम भएसँगै अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीलाई प्रवेशाज्ञा दिएकोले नेपाली विद्यार्थीलाई जेन्यून शैक्षिक परामर्श दिन ‘क्याम्ब्रिज अष्ट्रेलिया एडमिसन मन्थ’ शुरु गरेका हौं ।’ क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले भने । 

अष्ट्रेलिया प्राविधिक सीपयुक्त विषय अध्ययन गर्न जाने देश हो । तर, कतिपय विद्यार्थी अभिभावकले भरपर्दो सूचनाहरु नपाउँदा धेरै समस्या झेलिरहेका छन् । यहि कुरालाई मनन गर्दै सहि सूचना तथा परामर्श दिन क्याम्ब्रिजले त्यहाँका आधिकारिक कलेजहरुका प्रतिनिधिहरुलाई राखेर काउन्सेलिङ थालेको हो । ‘क्याम्ब्रिज अष्ट्रेलिया एड्मिसन मन्थ २०२२’ मा अष्ट्रेलियाका १८ वटा कलेजहरुका बारेमा विद्यार्थी तथा अभिभावकले सत्यतथ्य जानकारी पाउनेछन् । 

कार्यक्रममा अष्ट्रेलियाको शिक्षा प्रणाली, त्यहाँका विश्वविद्यालय तथा कलेजहरु, शैक्षिक शुल्क, छात्रबृत्ति, कानुन, रोजगारीका अवसर, लागत लगायतका बारेमा विद्यार्थीले विज्ञ परामर्शदाताहरुबाट परामर्श पाउने सिंखडाको भनाइ छ । ‘अष्ट्रेलियाको शिक्षा, त्यहाँका कलेजहरुको बारेमा जानकारी त पाउँछन् नै साथै, विद्यार्थीको शैक्षिक, आर्थिक तथा व्यक्तिगत विवरणहरु अध्ययन गर्दै करियर काउन्सेलिङ पनि हुनेछ ।’ सिंखडाले भने । 

उच्च शिक्षा हासिल गर्न विदेश किन जाने ? विदेश र नेपालको शिक्षा विच कस्तो भिन्नता छ ? विदेश जानु अगाडी केके तयारी गर्नुपर्छ ? आइएलटिएस, पिटिइ जस्ता भाषा परीक्षा कसरी गर्ने ? कलेजहरु कसरी छान्ने ? कस्ता विषय लिएर अध्ययन गर्दा करियर सुनिश्चित हुन्छ ?  अष्ट्रेलिया, यूके, यूएसए जस्ता देशहरुमा अध्ययन गर्नुका फाइदा के हुन ? भोली ती देशमा गएर अध्ययन गर्दा पाइने अवसर र चुनौति के–के हुन्छन् ? यी प्रश्नहरुको हल नखोजी लहलहैको तालमा विदेश जाने सपना देख्न नहुने सिंखडाको भनाई छ । ‘विदेश गएका साथीहरुले लमतन्न समुन्द्रको विचमा साथीले फोटो खिचेको देखेर रोमाञ्चित हुँदै अन्धाधुन्ध विदेश जाने निर्णय गर्नु घातक हो । त्यस्ता विद्यार्थीहरुलाई तथ्यगत सूचना प्रवाह गर्नु अपरिहार्य छ ।’ आधिकारिक, मान्यताप्राप्त शैक्षिक परामर्श संस्थाहरुबाट शैक्षिक परामर्श लिएर प्रोेसेस अगाडी बढाउँदा दुर्घटनाहरु निम्तने जोखिम कम हुने सिंखडाको तर्क छ । 

विदेश जानु भन्दापनि विदेश गएपछि आफ्नो तथा परिवारले देखेको सपना पुरा गर्न सक्नु ठूलो कुरा रहेको उनको भनाइ छ । 

विदेश जानु अगाडी विद्यार्थीले धेरै सोचविचार गरेर पाइला चाल्नुपर्छ । खासगरी राम्रो करियर काउन्सलर नभेटिएको अवस्थामा विद्यार्थीको करियरसँगै जिवन नै धरापमा पर्ने अवस्था नआउला भन्न सकिन्न । नेपाल सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सी जोसँग अनुभवी, मान्यता प्राप्त काउन्सलरहरु छन्, विदेशी कलेज तथा विश्वविद्यालयका आधिकारिक एजेन्ट वा प्रतिनिधिहरू रहेका छन् उनीहरुबाटै परामर्श लिनु अपरिहार्य छ । ‘विदेशको भूमीमा टेक्ने वित्तिकै सुन फल्छ भन्ने तवरले सपनै सपना बुनेका शब्दहरुको जालमा परेर विदेश जानु चैं हुन्न । यसले जिवन र करियर दुवै खरानी हुन्छ ।’ विदेश गएर कडा मेहनत गरेर पढ्छु दुखः गर्न सक्छु भन्ने मानसिकता लिएर तयारी गर्नुपर्ने सिंखडाको भनाइ छ । 

विश्वब्यापी कोरोना संक्रमणले अष्ट्रेलिया, क्यानडा, यूके, युएसए जस्ता देशहरुमा ठूलो मात्रामा अवसर सृजना गरेकाले विश्वका विद्यार्थीहरु आकर्षित भइरहेका छन् । झण्डै दुई वर्षपछि  विश्वको अर्थतन्त्र चलाएमान भएकाले नेपाली विद्यार्थीहरुले पनि त्यसको लाभ लिनुपर्ने सिंखडा बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप