शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्पोरेट डेभलपमेन्टको हकप्रद सेयरको बुक क्लोज आज

आइतबार, २५ पुस २०७८, ११ : ५६
आइतबार, २५ पुस २०७८

आजसम्म कायम सेयरधनीहरूले कर्पोरेट डेभलपमेन्ट बैंकले बिक्री गर्न लागेको हकप्रद सेयरमा आवेदन गर्न पाउने भएका छन् । कम्पनीले भोली (पुस २६) गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम कम्पनीका सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन गर्न पाउने भएका हुन् ।

बैंकले माघ ७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै छ । १ः१.५ (एक कित्ता बराबर साढे एक कित्ता) कित्ता हकप्रद सेयर जारी गर्न लागेको कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित ३० लाख कित्ता सेयर निष्कासन गर्दै छ । सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिने छ । यस्तै धितोपत्र बोर्डमा सिःआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिने छ । हाल २० करोड चुक्ता पुँजी रहेको बैंकको हकप्रद सेयरपछि ५० करोड पुग्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप